बिष्णुहरी घिमिरे (bishnuhari@gmail.com)
हुन त अहिले फेसन नै बनेको छ की आ आफ्नो जात जातीको बारेमा कुरा उठाउने । नेपालको स्थिती यही रहेका यो बाध्यता पनि बन्न सक्छ । त्यसो त इतिहास खोज्नु राम्रो पनि हो । यसै मेरोमा मेरो जानकारीमा रहेको घिमिरेहरुको बारेमा केही कुरा यहा लेख्दै छु ।
मेरा गाउका बुढापाकाको भनाई अनुसार भारत बर्षमा हिन्दु र मुसलमानहरुको भयाङकर युद्ध भए पछि भारतमा हिन्दुहरुको टुपी काट्ने क्रम शुरु भयो । त्यस बेला लखेटिने क्रममा घिमिरेका पुर्खा पश्चिम नेपालमा आइपुगेका थिए रे । त्यस पछि उनीहरु त्यहाका आदीवासीको मा शरणमा पुगे । बाम्ह्णले त्यहाका आदिवासीले पकाएको नखाने भए पछि खाना खुवाउने कुरामा समस्या पर् यो । अनि स्थानीय आदीवासीले शरणर्थी बाहुनको परिवारलाई गाउ नजिकै रहेको ओडारमा बस्ने ब्यवस्था मिलाई दिए । त्यो ओडारलाई स्थानीय बासिन्दाले धमिरे ओडार भन्थे रे । किनकी त्यस ओडारमा धमिरा भन्ने किराको ठूला ठूला गोला हुन्थे । बाहुन लाई बाजे भन्ने र धमिरे ओडारमा बस्ने हुदा त्यो परिवारको मुख्य मान्छेलाई धमिरे बाजे र अन्यलाई धमिरे बाजेको श्रीमती छोरा बुहारी छोरी आदि भनेर बोलाउने गरियो । र पछि धमिरेबाट अपभ्रम्स भएर घिमिरे हुन गयो भन्ने छ । र तीनै घिमिरेका सन्तान कुशुमाकर घिमिरे कास्कीका राजाका सल्लाहाकार बने । पछि उनलाई लमजुङ्ग हेर्ने जिम्ममा दिइयो । लमजुङ्गमा घले राजाहरुको शासन थियो । घले राजाको शासनलाई विस्तापित गर्न कुशुमाकर घिमिरेले शाह वंसको राजा ल्याए । राजा बनाउन पहिलो पटक ल्याइएको बालकलाई घेर्मुका घलेराजाहरुले बाहुनडाँडाको तत्कालिन अवस्थानमा पुस्तुन को फेदीमा मस्र्याङदी नदी नजिक रहेको सोली घोप्टे भन्ने थुम्कोमा काटि दिए । त्यस पछि कुशुमाकर र खजेदुरा भएर फेरी सोही परिवारको अर्को छोरालाई राजा बनाउन ल्याए । त्यो पटक राजा बनाउन ल्याइएको बालकलाई दुराडाँडाको सिदुरेढुङ्गमा सिदुर जात्रा गरि गाउशहर दरवारमा राखियो । त्यहीबाट शाह बंस गोर्खा हुदै काठमाडौं आइ पुगे भन्ने छ । अनि कुशुमाकरले उत्तरी लमजुङ्ग जुन क्षेत्रमा पहिला मनाङ्ग पनि गाभिन्थ्यो त्यो बिर्ता पाए जसलाई चौध खोला वा पुस्तुन भन्ने गरिन्छ । तर अहिले चौध खोला र पुस्तुन भन्ने नाम त्यती प्रचलित छैन । केही बुढा पाकालाई छोडेर अन्यले अहिले बाहुनडाडा नै भनेर चिन्दछन ।
घिमिरेको बारेमा अर्को पनि भनाई छ । घिमिरे दुईथरी हुन्छन । एउटा बुढी पोला र अर्को चिटा पखाला ।
कुशुमाकर घिमिरेले आफ्नो परिवार आफुले विर्ता पाएको पुस्तुनमा राखेका थिए रे । त्यो समयमा खेतीपाती र पशुपालन नै मुख्य काम थियो । कुशुमाकरको पाँच वटी श्रीमती थिए भन्ने छ । त्यो मध्ये एउटीको मात्र दुई भाई छोरा थिए । दुई मध्ये एक भाई घरमा बसि खेती किशान गर्ने र अर्को भाई लेकमा गोठमा बस्ने गरेका थिए । यसै क्रममा एक दिन राती विहानी पख बुढी मरिन । त्यस पछि गाउका केही ब्यक्ति गोठमा रहेको छोरालाई लिन लेक लागे । अनि विहान झिसमिसेमा गाउलेले बुढीको लासलाई बोकेर घाटतर्फ लागे । एउटा छोरो भएकाले उनलेनै दाग बत्ती दिए र लास जलाउन थालियो । लास जले पछि चिटा पखाल्ने बेलामा गोठमा भएको छोरा पनि आइ पुगे । त्यो ती तिहारको औसी अर्थात लक्ष्मी पुजाको दिन थियो । बुढी विहान पख मरेकी थिइन । अनि अर्को बर्ष देखि जुन छोराले दाग बत्ती दिएको थियो त्यस्ले औसीको दिनमा लक्ष्मी पुजा नगरी खाल्सा कतै कतै गोरु तिहार पनि भन्छन । त्यो दिनमा लक्ष्मी पुजा गर्न थाल्यो । अर्को गोठमा बस्ने छोराले मैले चिटा मात्र पखालेको हो भनेर औसीकै दिनमा लक्ष्मी पुजा गर्न थाल्यो । र पछि गरेर घिमिरेमा पनि बुढी पोला र चिटा पखाला गरि दुई थरी घिमिरे भए भन्ने चलन छ ।
अर्को महत्वपूर्ण कुरा पहिला पहिला घिमिरे र अघिकारीका छोरा छोरी बीचमा बिहे चल्दैन थियो रे । यी दुबैको एकै गोत्र भएकाले बिहे नचल्ने भएको भन्ने छ । हुनत अझै पनि कति ठाउमा घिमिरे र अधिकारी बीचमा बिहेवारी चल्दैन भन्ने सुनेको छु । तत्कालिन लमजुङ्ग राज्यको सबै भन्दा ठूलो समस्या भनेकै घिमिरे र अघिकारीका छोरा छोरीको बिहे नहुनु रह्यो । किनकी त्यहा घिमिरे र अघिकारीकै बाक्लो बस्ती थिए । अन्य बाहुनको जात कम भएको र मतवाली सग बिहे गर्न नमिल्ने । यो कुरा राजाको भारदारी सभामा उठ्यो रे । यो त देशकै मुख्य समस्या भयो अब के गर्ने भएछ । अनि राजालाई बिष्णु भगवानको अवतार मान्ने र राजाले अड्को फुकाउन मिल्ने भने पछि राजाले घिमिरे र अधिकारीको गोत्र फरक फरक कास्यव र कस्यव बनाइदिए र बिहेवारी चलाएका हुन भन्ने छ ।
लौ साथीहो घिमिरेको बारेमा मलाई थाहा भएको यती नै हो । यी कुरामा कति सत्यता छ छैन त्यो त खोजविन नै गर्नु पर्छ तर के कुरा प्रश्ट हो भने कुशुमाकर घिमिरे भन्दा माथिल्लो पुस्ताका बारेमा अहिले सम्म आधिकारी र लिखित केही पनि भेटिएको छैन जस्तो लाग्छ । यदी म गल्ती छैन भने । मेरो जानकारी अनुसार घिमिरेको पुरानो बस्ती तत्कालिन पुस्तुन र अहिलेको बाुहनडाडा हो र बाहुनडाडा बाट नै पछि देशका अन्यत्र घिमिरे बसाई सरेका हुन भन्ने छ । यदी अन्य साथीहरुमो यो भन्दा बढी जानकारी भएमा मैले पनि पाउ है ।

1 comments:
Ramro lagyo
Thankyou, story ramrai raichha
Post a Comment